ह्वाट्सएप र वुई च्याटबाट हुण्डी कारोबार गर्ने चारजना ९२ लाख रुपैयाँसहित पक्राउ

प्रहरीले सामाजिक सञ्जाल ह्वाट्सएप र वुई च्याटमार्फत अवैध हुण्डीको कारोबार गर्ने चार जनालाई ९२ लाख रुपैयाँसहित काठमाडौंको न्यूरोडबाट पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई प्राप्त सूचनाका आधारमा पक्राउ गरेको हो ।
काठमाडौं उपत्यकामै गैरकानुनी रुपमा राजस्व छलेर हुण्डीको काम भैरहेको सूचनाको आधारमा महाशाखाको टोलीले सोमबार साँझ चार जनालाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका व्यक्तिहरुवाट नगद, चेक रकम, विभिन्न बैंकका हस्ताक्षर राखिएका चेकबुक, व्हाट्सएप, वी च्याट मार्फत अवैध हुण्डीको कारोबार सहितको विवरण सहित चारजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौं–२४ इन्द्रचोक इ–जोन पसलको सेल्फ स्टाफ गोपाल अग्रवाल, ई जोन पसलका कर्मचारी सिन्धुपाल्चोक मेलम्चीका ३१ बर्षका भोला नेपाललाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ९ लाख ५० हजार नगद तथा विभिन्न बैंकबाट चेक रकम ६४ लाख ९९ हजार बरामद गरेको हो । काठमाडौं ताहाचलका एनएस ट्रेडस भोटेवहालका संचालक कमल अग्रवालको साथबाट २ लाख नगद तथा १४ लाख बरामद गरेको बताउनुभयो । सुनसरी धरान–२ का नारायणकुमार अग्रवाललाई नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी महाशाखाका एसएसपी सहकुल थापाले अवैध हुण्डी कारोबार गर्ने चार जनासँग १३ लाख ५२ हजार नगद, बैक रकम ७८ लाख ९९ हजार गरी ९२ लाख ५१ हजार बरामद गरेको बताउनुभयो । पक्राउ परेका चार जनाको अनुशन्धान सुरु भैसकेको र थप कारवाहीका लागि राजस्व तथा अनुशन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको एसएसपी थापाले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्