जन सरोकार
मालपोत कार्यालय साँखुका नायव सुब्बा घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंको साँखुस्थित मालपोत कार्यालयमा कार्यरत नायव सुब्बा रामेश्वर कुइँकेललाई घुस रकमसहित पक्राउ गरेको छ ।
कुइँकेलले दृष्टी बन्दकको लिखत पास गरे वापत २ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिइएको टोलीले कुइँकेल र सापकोटालाई मालपोत कार्यालय साँखु परिसरबाट लेखापढी ब्यवसायी श्रीराम सापकोटा सापकोटासँग घुस लिंदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले दिएको जानकारी अहनुसार कुइँकेललाई सोमबार नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया राख्नुहोस्