जन सरोकार

लाइसेन्स नभएका रविनले प्रहरीलाई पैसा दिन खोज्दा…

सवारी चालक अनुमतिबिना मोटरसाइकलमा सवार एक युवाले प्रहरी चेकका क्रममा पैसा दिन खोजेपछि प्रहरी हिरासतमा पुगेका छन् ।

पक्राउ

समाचार अनुसार डिउटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने भक्तपुर बालकोट बस्ने दाङ घोराही उपमहानगरपालिका ४ घर भएका २१ वर्षीय रबिन घर्तीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका १५ डल्लु पुलमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले सवारी चालक अनुमतिपत्र प्राप्त नगरी बा ९७ प ३१९३ नम्बरको मोटरसाइकल चलाएको अवस्थामा फेला पारी घर्तीलाई कारवाही गर्ने क्रममा प्रहरीलाई उक्त नगद दिन खोजेपश्चात उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.