राजनीति

पुस २७ गते पृथ्वीजयन्तीमा सार्वजनिक बिदा

पृथ्वीनारायणः राष्ट्रिय एकताका प्रवत्र्तक

पृथ्वीनारायणः राष्ट्रिय एकताका प्रवत्र्तक

मुलुकमा दोस्रो जनआन्दोलन २०६२/०६३ को सफलतापछि कटौती गरिएको पुस २७ गते नेपाल एकीकरणकर्ता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा दिइने सार्वजनिक विदा पुनः दिनुपर्ने माग विभिन्न संघसंस्था तथा राजनीतिक दलहरुले गरिरहेका छन् ।

यस्तोमा विदुर नगरपालिका कार्यालय नुवाकोटले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाले पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणका नुवाकोट विजयबाट शुरु गरी साततले दरबार (विसं १८१९० बनाएर करीब २५/२६ वर्ष त्यहीँबाट राज्य सञ्चालन गरी राष्ट्रिय एकता गरेकाले उनलाई भुल्न नहुने जनाएको छ ।

यस्ता अभिभावकप्रति श्रद्धाञ्जलि व्यक्त गर्न उनको जन्मदिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताउनुभयो । नगरपालिकाको गत पुस १० गते बसेको पाँचौं नगरसभा अधिवेशनले पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएको छ । गोरखाका राजा शाहको नेतृत्वमा विसं १८०१ असोज १५ गते नुवाकोट विजय भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.