राजनीति

राष्ट्रपति भण्डारीद्वारा स्विस राष्ट्रपतिलाई बधाई

राष्ट्रपति विद्यादेवी भण्डारीले स्विस महासङ्घका राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएकामा गी पार्मेलिनलाई बधाई ज्ञापन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आफ्ना स्विस समकक्षीलाई सन्देश पठाएर उहाँप्रति बधाई ज्ञापन गर्नुभएको हो ।

सन्देशमा राष्ट्रपति भण्डारीले सन् १९५६ मा नेपाल र स्विट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशबीच निकट एवं हार्दिक सम्बन्ध कायम रहेको बताउँदै नेपालको विकास प्रयासमा स्विट्जरल्याण्डबाट प्राप्त सहयोगको सराहना गर्नुभएको छ ।

उहाँले आगामी दिनमा स्विस राष्ट्रपतिसँग निकट सम्पर्कमा रहेर साझा चासोका विषयमा सहकार्य गर्ने इच्छा पनि सन्देशमा व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.