राजनीति

राष्ट्रियसभामा कांग्रेसको आरोप- निर्वाचन गर्ने नाममा संविधान विपरीतको कदम

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता रमेशजङ्ग रायमाझीले सरकार निर्वाचन गर्ने नाममा संविधानविपरीतको कदमतर्फ उद्दत भएको आरोप लगाउनुभएको छ । शुक्रबार राष्ट्रियसभाको बैठकमा उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय सच्याउन आवश्यक छ ।

त्यस्तै उहाँले भ्रष्टाचार गर्ने जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्छ । सरकारले नयाँ शिक्षा ऐन नल्याउँदा लाखौँ विद्यार्थी अन्योलमा छन् । सङ्घीयताअनुरुपको शिक्षा ऐन ल्याइयोस् ।”

बैठकमा नता समाजवादी पार्टीका शेखरकुमार सिंहले आफ्नो पार्टीले घोषणा भएदेखि नै संविधान संशोधनका लागि माग गर्दै आएको जनाउनुभयो ।

पूर्वाधार निर्माणका काम सरकारले तीव्रगतिमा अघि बढाउन नसकेको आरोप लगाउँदै उहाँले भन्नुभयो, “रेलमार्ग छिटो सञ्चालनमा ल्याओस्, युरोप उडानमा लागेको कालोसूची हटाउने काम होस्, धेरै पुरानो सप्तरीको विमानस्थललाई सञ्चालनमा ल्याउन प्रभावकारी प्रयास होस् ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.