राजनीति

प्रचण्ड-नेपाल सहमति : राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्नसक्ने

नेकपाका उपाध्यक्ष बामदेव गौतमले आफू राष्ट्रियसभामा जाने भए राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी बाटो खोल्नुपर्ने माग गर्दै त्यहाँ जान अस्वीकार गर्नुभयोे । तर नेकपा नेताहरु राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधनका लागि तयार भएका छन् ।

उहाँले आफू प्रधानमन्त्रीका लागि मात्र योग्य भएकाले प्रधानमन्त्री बने १० वर्षमा चीनलाई उछिन्ने गरी विकास गर्ने दावी समेत गर्नुभयो । गौतमको यही मागपछि राष्ट्रियसभा सदस्यले पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्ने मुद्दाले नेकपाभित्र बहस सुरु गरेको छ ।

नेकपा अधयक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्का पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्नसक्ने बाटो खोल्न सहमत भएका छन् ।

बुधबार अध्यक्ष प्रचण्ड, नेता नेपाल, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेताहरु भैंसेपाटीस्थित गौतमकै निवासमा जम्मा भएर यसै विषयमा छलफल भएको समाचार छ । यो छलफलका लागि गौतमसँगै वरिष्ठ नेता माधवकुमार नेपालले पहल गर्नुभएको थियो ।

तर बैठकमा नेताहरुले नीतिगत रुपमा सही मुद्दा भए पनि नेता गौतमले नै विगारेको भन्दै आक्रोशसमेत पोखेका थिए । पार्टीले राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्न प्रस्ताव गर्दा गौतमले आफू प्रधानमन्त्री हुन सांसदमा जान चाहेको तर संविधानले राष्ट्रियसभा सदस्यलाई सरकारको नेतृत्व गर्न रोक लगाएको भन्दै अस्वीकार गर्नुभएको थियो ।

नेताहरुले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्नसक्ने व्यवस्था गर्नुपर्छ भन्नेमा प्रधानमन्त्री केपी शर्मा ओली पनि नीतिगत रुपमा सहमत भएको बताएका थिए । यसमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली पनि नीतिगत रुपमा सहमत भएकाले संविधान संशोधनका लागि उनैसँग थप कुरा गर्ने नेताहरुबीच सहमति भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.