राजनीति

उल्टो हिंडेर नेविसङ्घद्वारा संसद् विघटनको विरोध

नेपाल विद्यार्थी सङ्घले उल्टो हिँडेर प्रतिनिधिसभा विघटनको साङ्केतिक विरोध गरेको छ । नेविसङ्घका नेता तथा कार्यकर्ता माइतीघरदेखि वानेश्वरसम्म उल्टो हिँडेर प्रतिनिधिसभा विघटनको विरोध गरेका हुन् ।

कार्यक्रममा नेवि सङ्घका अध्यक्ष राजीव ढुङ्गानाले संसद् विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको बताउनुभयो । “झण्डै दुई तिहाइ जनमत पाएको सरकारले सिङ्गो देशभन्दा पनि व्यक्तिगत स्वार्थका लागि संसद् विघटन ग¥यो,” उहाँले भन्नुभयो ।

सङ्घका महामन्त्री दीपक भट्टराईले उल्टो हिँडेर प्रतिनिधिसभा विघटनको साङ्केतिक विरोध गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.