जापान

अन्तिम संस्कारमा सहभागी हुन गल्कोट समाजको अपील

मस्तिष्कघातका कारण जापानमा निधन भएका बागलुङ जिल्ला गल्कोट नगरपालिका वार्ड नं. ४, खरुवाका ३८ बर्षिय पुर्ण बहादुर खत्रीको असामयिक निधनमा गल्कोट समाज जापानले दुःख व्यक्त गर्दै खत्रीको अन्तिम संस्कारमा सहभागी हुन अपील गरेको छ ।

३ वर्षदेखि जापानको सिजुओकाको फुजी सिटीमा कुक पेशामा कार्यरत खत्रीको मस्तिष्कघात भएपछि फुजी नोउकेन अस्पतालमा उपचारको क्रममा शुक्रबार बेलुकी ५ बजे निधन भएको गल्कोट समाजका महासचिव नवीन निउरेले जानकारी दिनुभयो

मृतक खत्रीको नेपालमा श्रीमती, ३ छोरी र १ छोरा रहेको र निकटतम पारिवारिक स्रोतका अनुसार निजको पारिवारिक आर्थिक स्थिति अत्यन्तै नाजुक रहेको पनि बताइएको छ ।

मृतक खत्रीको अन्तिम संस्कार जनवरी १० तारिख आइतबार फुजिनोमिया सेइनमा दिउँसो १ः३० बजे गरिने भएकाले उपस्थितिको लागि सम्पुर्ण गल्कोटबासी तथा नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा महासचिव निउरेले अपिल गर्नुभएको छ ।

समाजले यस दुखद घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै शोक संतप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।

#अन्तिम संस्कार हुने
मिती : २०२१/१/ १० (आईतबार )
समय : दिउसो १:३० बजे
स्थान : 富士宮聖苑(फुजिनोमिया सेईयन)
ठेगाना: 〒418-0111 静岡県富士宮市山宮3678−13
फोन नं. : 0544-58-3311 (नाभीको लागी )

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.