जन सरोकार

बालुवा तस्करले गरे तस्करी रोक्न खोज्ने युवकको टिपरले किचेर हत्या

जनकपुरमा बालुवा तस्करले सो कार्य रोक्न खोज्ने उक युवकको टिपरले किचेर हत्या गरेका छन् । समाचार अनुसार अवैध उत्खननमार्फत नदीजन्य वस्तु तस्करी गरिएको भन्दै रोक्न गएका धनुषाका एक युवकको टिपरले किचेर ‘हत्या’ गरिएको हो ।



धनुषाको मिथिला नगरपालिका–५ स्थित औरही खोलामा जथाभावी तरिकाले उत्खनन गरी बालुवा, गिट्टी झिकिरहेको कार्यलाई रोक्न खोज्दा सोही स्थानका दिलीपकुमार महतोको टिपरले किचेर हत्या गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिनुभएको छ ।

प्रहरी निरीक्षक यादवका अनुसार उत्खननको विरोध गर्ने युवकलाई ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर हत्या गरिएको हो । महतो शुक्रबार बिहान ४ बजे उत्खनन नगर्न आग्रह गर्दै खोलामा पुगेका थिए । त्यही उनीमाथि टिपरले आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको थियो ।

मृतकको शवलाई परीक्षणका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याइएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । टिपर र टिपरका चालकलाई नियन्त्रणमा लिइएको छ । चालकको नाम भने प्रहरीले खुलाएको छैन ।

सम्बन्धित खबर

Back to top button