समाचार

राष्ट्रियसभा सदस्य उम्मेदवारको अन्तिम नामावली प्रकाशनसंगै निर्वाचन चिन्ह दिइने

आगामी माघ ९ गते सम्पन्न हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनको निर्वाचन कार्यतालिका अनुसार बिहिबार आज (शुक्रबार) उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ । त्यसै गरी चुनाव चिन्ह पनि आजै प्रदान गरिने छ ।

बिहिबार मनोनयनपत्र दर्ता गराएका उम्मेदवारले नाम फिर्ता लिने कार्यतालिका अनुसार मनोनयनपत्र दर्ता गरेका कुनै पनि उम्मेदवारले आफ्नो नाम फिर्ता नलिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले पुस २५ गते शुक्रबार बिहान १० बजे देखि दिउँसो १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिनको १ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।

नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यको पदावधि छ वर्षको हुन्छ । संविधानको धारा ८६ (३ं) बमोजिम प्रत्येक दुई वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि माघ ९ गते निर्वाचन हुदैंछ । स्थायी सदनका रूपमा रहेको राष्ट्रिय सभामा ५९ सदस्य हुन्छन् ।

सम्बन्धित खबर

Back to top button