जन सरोकार

१४ लाख ५० हजार रुपैयाँसहित भारतीय पक्राउ

रौतहट जिल्लाको ईशनाथ नगरपालिका २ स्थित मनमोहन गेटबाट पौष २५ गते सशस्त्र प्रहरीले श्रोत नखुलेको १४ लाख ५० हजार नेपाली रुपैयाँसहित भारतमा घर बताउने ३९ बर्षीय संजय कुमार जैसवाललाई पक्राउ गरेको छ ।

बि आर ०५ ए जी ८०५७ नम्बरको भारतिय मोटरसाईकलमा नेपालतलर्फ आउँदै गरेका निज जैसवाललाई शंका लागी जाँच गर्दा उनको साथमा फेला परेको उक्त रुपैयाँकोे श्रोत नखुलेपछि सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण रौतहटबाट खटिएको सशस्त्र प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका जैसवाललाई बरामद रुपैयाँ तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागी भन्सार कार्यालय गौरमा बुझाईएको छ ।

यसै गरी सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाँउपालिका ६ स्थित सीमा ईलाकाबाट पौष २५ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दूई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको ईटहरी उपमहानगरपालिका ६ बस्ने ३१ बर्षीय सुबोध कोईराला र ३७ बर्षिय गणेश पौडेल छन् ।

को २६ प ७९८१ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा डाईलेक्स १ बोतल, नाईट्रोजन ट्याब्लेट १० वटा र क्यास्मोकिसन ट्याब्लेट १० वटा फेला पारेको हो ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीका लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

उता बारा जिल्लाको आदर्शकोटवाल गाँउपालिका ६ स्थित सीमा ईलाकाबाट करीव ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

बि आर ०५ डि ७०३२ नम्बरको भारतिय मोटरसाईकलमा राखी अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

बरामद लत्ताकपडा तथा मोटरसाईकल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाईएको छ । सो मोटरसाईकलको भन्सार दाखिला मुल्य १ लाख १० हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.