राजनीति

पृथ्वीनारायण शाह दक्षिण एशियाकै अब्बल योद्धा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पृथ्वीनारायण दक्षिण एशियाको एकीकरणको अब्बल योद्धा भएकाले उहाँको योगदानको सरकारले कदर गर्नुपर्ने बताउनुभएको छ । दुई सय ९९ औंँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस नुवाकोटको विदुरमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभाएको हो ।

कार्यक्रममा डा लोहनीले सरकारले पृथ्वीनारायणले एकीकरणमा पुर्याएको योगदानलाई सम्मान गर्दै एकता दिवस भव्य रुपमा मनाउनुपर्नेमा पनि जोड दिनुभयो ।

राप्रपा नुवाकोटको आयोजनामा भएको कार्यक्रममा बाजागाजासहित सदरमुकाम परिक्रमा गरिएको थियो । यस्तै नुवाकोट दरबार क्षेत्रमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले पृथ्वीनारायणले मुलक टुक्रिनबाट जोगाएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले इतिहासको विरोध नभई सम्मान गरी अघि बढ्नुपर्ने बताउनुभयो । यस्तै विदुर– ५ देवीघाटस्थित पृथ्वी स्मारकमा आयोजित कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले शाहको एकता अभियानबाट अहिलेको पुस्ताले पाठ सिक्नुपर्ने बताउनुभयो ।

नगरपालिकाले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज सार्वजनिक बिदा पनि दिएको छ । त्यस्तै नुवाकोटमा राष्ट्रनिर्माताको राजधानी नुवाकोट दरबार क्षेत्र, सदरमुकाम विदुर र अन्त्यस्थल देवीघाटस्थित पृथ्वीनारायणको शालिक भएका स्थानमा फरक फरक कार्यक्रम गरी मनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.