राजनीति

राष्ट्रपतिद्वारा पृथ्वीनारायणको शालिकमा माल्यार्पण, प्रधानमन्त्रीद्वारा शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आज सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ ।

पृथ्वीजयन्तीको अवसरमा बिहान सिंहदरबार पश्चिम गेट अगाडि पुगेर राष्ट्रपति भण्डारीले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्नुभएको हो ।

पृथ्वी जयन्तीका अवसरमा देशका विभिन्न भागमा विविध कार्यक्रमका आयोजना गरिएका छन् । भने सिंहदरबार अगाडि माल्यार्पण गर्न विभिन्न राजनीतिक दल, संघसंस्था र सर्वसाधारणहरु पनि त्यहाँ पुगेका छन् ।

यसै गरी प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज बिहान सामाजिक सञ्जाल ट्वीटमार्फत शुभकामना दिनुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.