सूचना/प्रविधि

सिन्धुलीका छात्र-छात्राले प्रदर्शन गरे स्याटेलाइट, दूरबिन र रोबर्ट

सिन्धुलीस्थित न्यू इङ्लिस बोर्डिङ स्कूलमा सञ्चालित तीनदिने विज्ञान प्रविधि तथा अन्तरिक्ष कार्यशालामा सहभागी विद्यार्थीहले स्याटेलाइट, दूरविन र रोबर्ट प्रदर्शन गरेका छन् ।

कमला उच्च मावि, जनज्योति मावि, श्री मावि, गौमती मावि, जनता आवासीय मावि र न्यू इङ्लिस बोर्डिङ स्कूलका ४० छात्र-छात्राले व्यवहारिक अभ्याससहितको अन्तरिक्ष कार्यशालामा आ–आफ्ना आविष्कार प्रदर्शन गरेका थिए ।

कार्यक्रमको समापनमा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)का उपकुलपति सुनिलबाबु श्रेष्ठको उपस्थितिमा भएको कार्यशालाको समापनमा उहाँले विद्यालय तहका पाठ्यक्रममा विज्ञान तथा प्रविधि विषयसम्बन्धी विषयवस्तु समेटिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

तीनदिने विज्ञान प्रविधि तथा अन्तरिक्ष कार्यशाला समापन समारोहमा उहाँले दूरदराजका विद्यालयमा विज्ञान तथा प्रविधिको व्यवहारिक अभ्यासका लागि आवश्यक उपकरणको व्यवस्था गर्न सरकारलाई सुझाव दिनुभयो ।

कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले शिक्षा क्षेत्रको विकासमा नगरपालिकालाई नमूना शहरको रुपमा विकास गर्न विज्ञान र प्रविधिमा प्रोत्साहन गर्ने कार्यलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।

आयोजक विद्यालय न्यू इङ्लिस बोर्डिङ स्कूलका प्राचार्य प्रशान्त ढकालका अनुसार कार्यशालामा सहभागीले स्याटेलाइट, दूरविन र रोबर्ट प्रदर्शन गर्नुका साथै नेपाली स्याटेलाइट निर्माणकर्ता आभाष मास्केसँग टेलिकाष्टका माध्यमबाट नवीनतम् विज्ञान तथा प्रविधिका विषयमा अन्तरक्रियासमेत गरेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.