प्रदेशबागमती

प्रदेश ३ को नाम वाग्मती र स्थायी राजधानी हैटौंडा कायम

दुई वर्षदेखि थाँती रहेको प्रदेशहरुको नाम र स्थायी राजधानी तोक्ने विषयलाई प्रदेश नं. ३ ले पूर्णता दिएको छ । आइतबार प्रदेशसभाले ३ नं. प्रदेशको नाम वाग्मती र स्थायी राजधानी हेटौंडा कायम गर्ने निर्णय मतदातद्वारा गरेको छ ।

प्रदेशको राजधानी हेटौंडा कि काभ्रेको धुलिखेल भन्ने विषयमा भएको मतदानमा धुलिखेल तोक्ने प्रस्ताव अस्वीकृत भएको हो । धुलिखेल राजधानी बनाइयोस भन्ने प्रस्तावमा भएको मतदानमा हेटौंडालाई स्थायी राजधानी बनाउने प्रस्तावमा दुई तिहाइले निर्णय गरेको हो । नाममा भने सबैको एकमत रह्यो ।

यस अघि धुलिखेल बनाइयोस भन्ने प्रस्तावममा भएको मतदानमा १०१ जनाले विपक्षमा मतदान गर्नुभएको थियो भने ३ जनाले प्रतावको पक्षमा मतदान गर्नु भएको थियो । प्रदेशसभामा कुल ११० सदस्य रहेकोमा १०४ मतदानमा संलग्न हुनु भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.