पृथ्वीजयन्तीः माल्यार्पणदेखि राष्ट्रिय झण्डा प्रदर्शनीसम्म

दुई सय ९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस राष्ट्र निर्माताको योगदानका विविध पक्षको स्मरण गर्दै मुलुकभर मनाइएको छ । सोही क्रममा सिंहदरबारको पश्चिम मूूलद्वार अगाडि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी उहाँको योगदानको स्मरण गरियो ।
राष्ट्रिय पोशाक तथा आआफ्ना लोकसंस्कृति झल्कने वेशभूूषामा रहेका समाजका विभिन्न क्षेत्रसँग आबद्ध महानुुभावले र्याली गर्दै शालिकमा पुुगेर माल्यार्पण तथा पुुष्प गुुच्छा अर्पण गर्नुुभएको थियो र उक्त क्रम दिनभर नै चल्यो ।
विसं १७७९ पुुस २७ गते जन्मिएका तत्कालीन गोरखाका राजा पृथ्वीनारायणले बाइसौँ– चौबीसौँ सङ्ख्यामा रहेका ससाना राज्यलाई एकीकरण गरी आधुुनिक नेपाल खडा गर्नुुभएको हो । एकीकरणपछि राज्य सञ्चालन गर्ने सन्दर्भमा उहाँले त्यस बेला व्यक्त गर्नुुभएको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहिआएको छ ।
उहाँका ती विचारलाई नेपाली समाजले पृथ्वीनारायणका दिव्योपदेशका रुपमा बुुझ्दै आएका छन् । बीस वर्षका उमेरमा गद्दी आरोहण गर्नुुभएका पृथ्वीनारायणको पूरै जीवन नेपालको एकीकरणमै बितेर ५२ वर्षका उमेरमा विसं १८३१ माघ १ गते निधन भएको थियो । उहाँ र हाम्रा वीर पूर्खाको योगदान कै कारण दक्षिण एशियामा नेपाल मात्रै उपनिवेश हुनबाट जोगिएको थियो ।
पृथ्वीनारायणलाई नेपालको परिचय र पहिचानका रुपमा लिने गरिन्छ । पृथ्वीजयन्तीकै अवसरमा रत्नपार्कस्थित शान्तिबाटिकामा बृहत् नेपालको झण्डा प्रस्तुत गरिएको थियो ।
समाजका विभिन्न क्षेत्रका महानुुभावको अगुुवाइमा भएको उक्त कार्यक्रमपछि र्यालीले नगरका विभिन्न स्थान परिक्रमा गरी भद्रकालीमा सभा गरेको थियो । उक्त सभामा वक्ताले पृथ्वीनारायणको योगदानको कदरस्वरुप उहाँको तस्बीर अङ्कित मुुद्रा निकाल्न, पुुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउनका लागि सार्वजनिक बिदाको घोषणा गर्न तथा दिव्योपदेशलाई विद्यालय तथा कलेजका पाठ्यपुुस्तकमा समावेश गर्न माग गर्नुुभयो ।
पृथ्वीनारायणको जीवनी झल्कने सङ्ग्रहालय स्थापना गर्न र जीवनीलाई लिएर राज्यका तर्फबाट वृत्तचित्र बनाउन पनि सो अवसरमा माग गरियो । सोही उपलक्ष्यमा सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित कार्यक्रममा त्यहाँ अवस्थित पृथ्वीनारायणको शालिकमा प्रधानसेनापति पूर्णचन्द्र थापासहित उच्च सैनिक अधिकृतले पुष्पहार र पुष्पगुच्छा अर्पण गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्