राजनीति

पर्यटनमन्त्रीको एक्सन : बतास समूह र भेषनारायण दाहाललाई कारबाही गर्न पत्र

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नारायणहिटी संग्रहालयका निवर्तमान कार्यकारी निर्देशक भेषनारायण दाहाल र बतास समूहसहित संलग्नहरुलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र  प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. टोकराज पाण्डेका अनुसार उनीहरुलाई सार्वजनिक सम्पदा विरुद्धको कसुरमा बुधबार कारबाहीका लागि पत्र लेखिएको हो ।

मन्त्रालयले नारायणहिटी दरबार संग्रहालय परिसरमा क्यान्टिनरक्याफ्टेरिया संचालनसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदनसहित मन्त्रालयले निवर्तमान कार्यकारी निर्देशक भेषनारायण दाहाल र बतास समूहको बी म्यानेजेन्टका संचालकलाई मुलुकी अपराध संहिता २०७४ को दफा १४७ अनुसार कारबाहीका लागि लेखी पठाएको हो ।

समाचार अनुसार पयर्टनमन्त्री प्रेम आलेले प्रहरी र अख्तियारलाई कारबाहीका लागि लेखी पठाउने निर्णय मंगलबार दिउँसो गरेर बेलुकी कञ्चनपुरको मझगाउँ विमानस्थल स्तरोन्नती कार्यक्रमका लागि धनगढीतर्फ जानुभएको थियो ।

मन्त्रालयले प्रहरीलाई निवर्तमान कार्यकारी निर्देशक दाहालले ‘सार्वजनिक सम्पत्तिको संरक्षण संवर्द्धन गर्न नसकेकाले’ कारबाही गर्न पत्र लेखेको बताइएको छ ।

उक्त पत्रमा दाहालले सरकारले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न नसकेको, बी म्यानेजमेन्टले गरेको अतिक्रमण रोक्न नसकेको उल्लेख गरिएको छ ।

व्यापारिक घराना बतास समूहसँग मिलेमतोमा क्याफे सञ्चालनको सम्झौता गरेको सहसचिवस्तरीय छानबिन समितिबाट देखिएपछि मंगलबार नाराणहिटी दरबार संग्रहालयका प्रमुख कार्यकारी निर्देशक भेषनारायण दाहालले पदबाट राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.