राजनीति

प्रचण्डलाई एकल अध्यक्ष वा प्रधानमन्त्री दिए पूर्व एमालेलाई सभामुख : गजुरेल

हरिबोल गजुरेल

हरिबोल गजुरेल

मुलुकका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएपछि झण्डै दुई तिहाई बहुमत पुगेको छ । तर यी दुई पार्टी एउटै झण्डा र कार्यालयमा बसे पनि आत्मा भने पूर्व एमाले र पूर्व माओवादीकै रहेछ भन्ने दृष्टान्त एक होइन अनेक छ र अहिले सभामुख चयनलाई लिएर एमाले र माओवादी पुनः ब्यूँतिएको छ ।

पछिल्लो समय उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा नदिने अडान राखेपछि पूर्व माओवादी नेताहरु सभामुख पहिलेका एमालेलाई दिन नसकिने र त्यस्तै हो भने प्रचण्डलाई प्रधानमन्त्री दिनुपर्ने बताउन थालेका छन् । यस्तैमा धारणा नेकपा नेता हरिबोल गजुरेलले राख्नुभएको छ ।

त्यसै गरी गजुरेलले प्रचण्डलाई एकल अध्यक्ष बनाएर केपी ओली सहअध्यक्षमा बस्ने हो भने शिवमाया तुम्वाहाम्फेलाई सभामुख बनाउन सकिने अथवा, केपी ओली एकल अध्यक्ष बनेर प्रचण्डलाई प्रधानमन्त्री बनाउने हो भने पनि सभामुख र उपसभामुख जोसुकैलाई बनाउन सकिने धारणा अनलाइन खबरसंगको कुराकानीमा बताउनुभएको छ ।

कुराकानीका क्रममा गजुरेलले प्रचण्डलाई प्रधानमन्त्री बनाउने हो भने सभामुख छाडिन्छ । एकताको प्रक्रिया टुंगिएर महाधिवेशन भएपछि नयाँ परिस्थिति सिर्जना हुन्छ । तर, मनोविज्ञान त त्यहाँ पनि ख्याल गर्नुपर्ने हुन्छ । अहिले त प्रक्रियामै छौं नि त हामी । हरेक चिजमा भागवण्डा गरिराखेका छौं । दुईवटा अध्यक्षको कार्यविभाजनमा पनि त भागवण्डा गरियो । प्रचण्डलाई एउटा मात्रै अध्यक्ष राखे हुँदैन ? एउटा मात्रै अध्यक्ष राखौं भन्ने भएपछि समामुख जो राखे पनि हुन्छ । एउटा प्रधानमन्त्री हुने, अर्को अध्यक्ष हुने, दुईवटा अध्यक्ष नराखौं, राम्रो पनि परेन, अध्यक्षले पार्टी चलाउँछ, अर्कोचाहिँ सहअध्यक्ष हुन्छ, सरकार चलाउँछ भन्न पनि त सकिने भयो ।

अथवा अहिले भइरहेका प्रधानमन्त्रीले अध्यक्ष बनेर पार्टी चलाउने, प्रचण्डलाई सरकार दिने हो भने पनि त के विवाद हुन्थ्यो र । त्यस्तो स्थिति हो त अहिले ? ल, अहिले पनि प्रचण्डलाई नै एकल अध्यक्ष बनाउने निर्णय गरोस् त पार्टीले, सभामुख उपसभामुखमा जो राखे पनि हुन्छ । जो राखे पनि हुन्छ । अहिलेकै उपसभामुखलाई सभामुख बनाइदिँदा पनि केही फरक पर्दैन । अरु कोहीलाई दिन पनि केही फरक पर्दैन ।

कि त अब पार्टीमा यसरी भागवण्डा नगरी जानुपर्‍यो । एउटै अध्यक्ष राखेर जानुपर्‍यो । तर, अहिलेको स्थिति यो होइन । जनताले यो कुरो बुझेका छन् । महरालाई फसाए भनेर त जम्मैले भनिराख्या छन् नि । हरेक मान्छेले भनिराखेका छन् ।

बाहिर जम्मै आइराखेकै छ, महराजीको बहिर्गमन पनि स्वाभाविक होइन । उहाँले गल्ती गर्नुभएकै हो, तर घटनाक्रमहरु त देखिए नि । त्यस्ता गल्ती गर्नेहरु त अरु पनि धेरै छन् । यो पार्टीमा अहिले पनि त हिँडिराखेका छन् । ठूलै पदमै छन् । यो हिसाबले मलाई के लाग्छ भने त्यो कुरो मुख्य होइन । मुख्य कुरो त के हो भने महराजीकै जस्तो विषयमा कि त अरुलाई पनि कारवाही हुनुपथ्र्यो । त्यही प्रकृतिका आरोपहरु धेरैमाथि आइराखेका छन् । त्यहाँ चाहिँ केही हुँदैन । छानविन पनि हुँदैन । उजुर गर्दै मान्छे सडक(सडकमा हिँडिराखेका छन् । त्यो चाहिँ छापछोप गर्ने ?

व्यक्तिको मात्रै कुरो भए त पार्टीको जो बने पनि हुन्थ्यो सभामुख । उपसभामुख चाहिँ सभामुख बन्नै हुन्न भन्ने आउँछ र ? बनाउँदा नहुने कुरो होइन । स्वाभाविक रुपमा भएको भए सोच्न सकिन्छ । असहज ढंगले आएका चिजहरुमा अब यो शिवमायाको मात्रै विषय भएन । उहाँले त्यत्रो अडान किन लिनुभयो रु त्यसका पछाडि केही छ । यो वहाँको मात्रै कुरो छैन ।

सभामुखमा पूर्वमाओवादीले दाबी गर्नुपर्ने नै होइन । दाबी भन्ने कुरै बेठीक छ । हामीले किन दाबी गर्ने ? स्वाभाविकरुपमा जनताले पनि बुझेको कुरो हो यो । महाधिवेशन नहुञ्जेलसम्म त हामी करिब(करिब भागवण्डामै गइराखेका हुन्छौं । मन्त्री बनाउँदा त्यही गरियो । तीनवटामा किन दुईवटा मन्त्री मात्रै दिइयो रु पाँचवटा दिएको भए हुन्थ्यो । त्यहाँ पनि त हामीले भागवण्डा नै गर्‍यौं नि ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.