बिचार

कमल अनि ती दिनहरु

पोखरा, नयाँ बसपार्क नजिक घर भई जापान आउनुभएका एक जना नेपाली (कमल) बिद्यार्थीको जीवन चित्रण गर्न गइरहेको छु । २०४० सालतिर पोखरा नयाँ बपार्कमा ब्राह्मण किसान परिवाररमा जन्मिन्छन् कमल ।

बुबाको दुई अनुहार थियो, कृषक र शिक्षक, आमा चाही घर गृहिणी हुनुहुन्थ्यो । बिन्ध्याबासिनी मन्दिरको पारिपट्टी, बिन्ध्याबासिनी स्कुलको पछाडी बरपाटन भन्ने ठाउँमा खेत थियो । जो मुलको पानीले सिंचाई पनि पुगिराखेको थियो । धान फल्ने बेलामा धान र अरु बेला मकै, आलु, बन्दागोभी लगायत तरकारी खेती गर्नुहुन्थ्यो ।

त्यो बेला नयाँ बसपार्क पारी पट्टी सबै खेत मात्र थियो । पराजुलीहरु , अधिकारीहरु र पर्वत बाग्लुङ र स्याङजाबाट आउनेहरु पनि बढ़ने क्रममा थिए । यता नयाँ बसपार्क र महेन्द्र पुलसम्म नेबारहरुको पुरानो बस्ती थियो । पुराना घरहरु, बिहानपख ती पुराना घरका छानामा माछापुछ्रे छाइरहेको हुन्थ्यो ।

कमल पनि यस्तो प्रकृतिले रोजेको, हाम्रा भगवानहरुले पनि समय लगाएर बनाएको सहर पोखरामा हुर्किरहेको थियो । दिनहुँजसो बुबा चाहिं बिहानै उठेर स्कूलतिर लाग्नु हुन्थ्यो भने आमा खेतबारीको काममा ब्यस्त । कमल हजुरबुबा, हजुरआमा र फुपु दिदीहरुसंग खेलिरहेको हुन्थ्यो । हजुरबुबाले पनि जेठो नाति भएका कारणले कमललाई खुब माया गर्नुहुन्थ्यो। साउ भन्दा ब्याजको लोभ भनेको जस्तो छोराभन्दा नातीको माया बढ़ी लाग्छ रे ।

कमल त एक बर्षको मात्र थियो केही थाहा हुने कुरा भएन तर भबिष्यमा अवश्य पनि थाहा पाउनेछ भन्ने आशामा हजुरबुबा हुनुहुन्थ्यो । घर नजिकै हाइवे थियो तर धुलो बाटो । त्यहाँबाट मिरुबा, सिम्पानी, ह्यान्जा फेदीसम्म गाडीहरु जान्थे । बाटो अलि कच्चा भएकाले ठूला ठूला गाडीहरु भन्दा साना साना जिपहरु चल्थे । कमलको घर छेउमा एउटा चिया पसल थियो । त्यही घरको पछाड़ी सानो कटेरोमा त्यो जिपका साहुजी बस्दथे ।

कमलको परिबारसंग पनि त्यो ज़िप चालकको सम्बन्ध राम्रो थियो । कहिलेकाहीं गाड़ी ख़ाली हुँदा कमलका बुबा आमालाई बरिपरि, सरानकोटसम्म घुमाई पनि दिन्थ्यो । कमल चाहिं अलि बच्चा नै बुबा आमासंग नगए पनि ज़िप देख्नेबितिकै हात हल्लाएर चढ़ने मन देखाउँथ्यो ।

क्रमशः…

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.