राजनीति

एकजना कर्मचारीले सम्हाल्छन् छवटा वडाको जिम्मेवारी

सिंहदरबारको अधिकार गाउँगाउँमा पुग्यो भनिए पनि दुर्गम जिल्लामा एकजना कर्मचारीले आधा गाविस धान्नुपर्ने अवस्था छ । जुम्लाको सिञ्जा गाउँपालिकामा कर्मचारी अभावका कारण एकै जना कर्मचारीलाई ६ वटा वडा कार्यालयको प्रशासनिक जिम्मेवारी हेर्नुपरेको छ ।

गत पुस १५ गतेदेखि सबै वडाको काम एकजना सचिव दलबहादुर रोकायाले गरिरहेको छ । एकजना कर्मचारीको भरमा ६ वटा वडा सञ्चालन गर्नुपर्दा निकै कठिन भइरहेको वडा सचिव रोकायाले बताउनुभयो । कर्मचारी अभावका कारण वडा कार्यालयमा हुने काममा समस्या हुने गरेको सो वडाका स्थानीयवासी बताउँछन् ।

वडा कार्यालयमा केही काम गर्नु परे सचिव खोज्दै जानुपर्ने अवस्था रहेको स्थानीयवासी रत्नवीर बुढाले बताउनुभयो । वडामा रहेका अन्य सहायक कर्मचारीको सहयोगमा सिफारिस, बसाइँसराई जस्ता कागजपत्र मिलाएर सचिवलाई दस्तखत गर्ने गरिएको वडाअध्यक्ष रणबहादुर रोकायाले बताउनुभयो ।

गाउँपालिकामै कर्मचारी अभाव भएकाले वडादेखि पालिकाको प्रशासनिक काममा पनि समस्या भएको गाउँपालिका अध्यक्ष देवलसिंह रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “कर्मचारी अभावले सेवाप्रवाहमा यहाँका स्थानीयवासीलाई असर परेको छ ।” कर्मचारी नहुँदा वडा कार्यालयका कामकाज चलाउन पनि निकै कठिन भइरहेको गाउँपालिका अध्यक्ष रावलले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.