बिचित्र

बसभित्र महिलामाथि वीर्य झारेको भिडियो बनाएर पैसा कमाउन खोज्दा…

आजभोलि सामाजिक सञ्जालहरुमा अनेकथरि भिडियो पोस्ट गरेर पैसा कमाइन्छ भन्ने सोच युवा पुस्तामा रहेको छ र यसैको लोभले गर्दा कतिपय जघन्य सामाजिक अपराध पनि गर्न पुग्छन । यस्तै अपराध गरेका चितवनका एक युवा प्रहरीको फन्दामा परेका छन् ।

उनले एक वर्षअघि सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर पैसा कमाउने उद्देश्यले सार्वजनिक बसभित्र हस्तमैथुन गरी महिलाको कपालमा वीर्य झारिदिएका थिए । यो घटना त्यतिबेला भयो जतिबेला काठमाडौं लगायतका शहरी क्षेत्रमा महिलामाथि सिरिञ्ज आक्रमणका घटना धाराबाहिक रुपमा भैरहेको थियो ।

एकातिर सिरिञ्ज आक्रमणको धारावाहिक घटना अर्कोतिर सार्वजनिक बसमा भएको अकल्पनीय घटना प्रहरी अपराधीको खोजीमा लाग्दा लाग्दै एक वर्ष बित्यो । सोही आरोपमा प्रहरीले भरतपुर घर भई हाल बानेश्वर बस्ने रविन कार्कीलाई पक्राउ गरेको छ । कार्कीलाई सोमबार चितवनबाट पक्राउ गरी काठमाडौं ल्याइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार उनले एक वर्षअघि सार्वजनिक बसमा हस्तमैथुन गर्दै अघिल्लो सिटमा बसेकी महिलाको कपालमा विर्य फालेका थिए । सो भिडियो सामाजिक सञ्जालमा भाइरलसमेत बनेको थियो । उनले सामाजिक सञ्जालमा विभिन्न ग्रुप बनाएर अश्लील भिडियो अपलोड गरी पैसा कमाउने सोचले यस्तो गरेका थिए ।

घटनापछि पक्राउ परिन्छ भन्ने डरले उनी भारतमा बस्दै आएका थिए । तर केही दिन अघिमात्रै भारतबाट चितवन आएका बेला उनलाई चितवन प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.