जन सरोकार

योगको जन्म नेपालमा भए पनि भारतले स्वामित्व लिएकोमा चिन्ता

विश्वभर निकै लोकप्रिय हुँदै गएको प्राकृतिक चिकित्सा व्यायाम योगको जननी नेपाल भए पनि संयुक्त राष्ट्रसङ्घमा विश्व योग दिवसको प्रस्ताव नेपालले भारतले भन्दा अगाडि गर्न नसकेकोमा चिन्ता व्यक्त गरिएको छ ।

राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा योग दिवसका क्रममा विद्वानहरुले राष्ट्रसङ्घमा भारतले भन्दा अगाडि नेपालले गर्न सकेको भए सो प्रस्ताव पारित हुने बताउँदै त्यसो गर्न नसकिएको बताउनुभएको हो ।

‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने आदर्श वाक्यका साथ प्रधानमन्त्री निवास बालुवाटारमा मनाइएको दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायत सहभागी हुनुहुन्छ ।

दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । कार्यक्रममा योगगुरु क्षितिज बराकोटीले योगाभ्यास गराउनुभएको थियो । योगगुरु आनन्द अरुणले विश्वमा योगाभ्यास बढ्दो हुँदै गएको र तीन करोडले दैनिक योग गर्ने गरेको बताउनुभयो । योगगुरु डा हरिप्रसाद पोखरेलले नेपालले

दिवसको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले सन्देश दिँदै कोभिड–१९ को प्रकोपबारे प्रमाणिक खोज र औषधिको अभावमा वर्तमान विश्व प्रभावित भइरहेका बेला योगको थप महत्व र सान्दर्भिकता बढेको बताउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.