कर्पोरेट/पर्यटन

चार्टर फ्लाइटमा भएको अनियमितता छानबिन गर्न समिति गठन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरोना महामारीको समयमा खाडी मुलुकमा काम गर्ने नेपाली श्रमिकको हबाइ उद्धार गर्न गरिएको चार्टर फ्लाइटमा भएको अनिमियताका विषयमा आज एक छानबिन समिति गठन गरेको छ ।

मन्त्रालयका सहसचिव होमप्रसाद लुईंटेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिका सदस्यमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर रहनुभएको छ ।

उक्त समितिले शुक्रबारदेखि आफ्नो कामको थालनी गर्ने संयोजक लुईंटेलले बताउनुभयो । उक्त समितिलाई १० दिनभित्रमा प्रतिवेदन पेस गर्न समय तोकिएको छ ।

ललितकला प्रज्ञा–प्रतिष्ठानलाई आवश्यक पर्ने बजेटको व्यवस्था हुने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानलाई आवश्यक पर्ने बजेटको व्यवस्था गर्ने बताउनुभएको छ ।

उक्त प्रष्ठिानले बिहिबार आयोजना गरेको चित्रकला प्रदर्शनी कार्यक्रममा बोल्नुहुँदै मन्त्री आलेले कला, संस्कृतिको जगेर्ना गर्न तथा कलाकारिताको विकास गर्नका लागि भए पनि ललित कला प्रज्ञा–प्रतिष्ठानलाई आवश्यक पर्ने बटेजको व्यवस्था गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “देश चिनाउने भनेकै कलाकारिता हो, कला, संस्कृतिको जगेर्ना गर्न र विकास गर्न चाहिने बजेटको व्यवस्था गर्छु ।”

नेपाल ललित कला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले बजेट अभावमा नेपालका कलाकारले आफ्नो प्रतिभा देखाउन नसकेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामीसँग असङ्ख्य कला छ, तर बजेट नभएका कारण ती कला बाहिर ल्याउन सकिएका छैनन, बजेटको व्यवस्था भए हामी हाम्रा कला देशविदेशमा चिनाउन सफल हुन्छौँ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.