जन सरोकारस्वास्थ्य

वीर अस्पतालका ३० स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

कोरोना भाइरस संक्रमणको नयाँ लहर सुरु भएसंगै स्वास्थ्यकर्मीहरु संक्रमित हुने क्रम बढेको छ । बिहीबार त्रिवि शिक्षण अस्पतालमा ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको थियो भने शुक्रबार वीर अस्पतालका ३० भन्दा बढी कर्मचारीलाई संक्रमण देखिएको छ ।

कोभिड १९ युनिफाइड अस्पतालका प्रमुख डा भुपेन्द्र बस्नेतका अनुसार गएको दुई दिनयता विभिन्न वार्ड तथा आइसियूमा कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण तीव्र गति फैलिरहेको र स्वास्थ्यकर्मीमा संक्रमण थपिँदै गएपछि जनशक्तिको अभाव हुने अवस्था आएको छ ।

डा. बस्नेतका अनुसार अस्पतालमा कोरोना संक्रमितको भर्ना हुने दर पनि उकालो लागेको छ । बिहिबार राति मात्रै १४ जना संक्रमित अस्पताल भर्ना भएका छन् । यहि रफतारमा भर्ना संख्या बढ्ने हो भने केही दिनभित्रै अस्पतालका शैया भरिनेछन् ।

उहाँका अनुसार अस्पताल भर्ना भएका अधिकांश संक्रमितले दुवै डोज खोप लगाएका पाइएको छ । खोपको एन्टिबडी घट्दै गएको तथा नेपालमा प्रयोग भएको खोपको प्रभावकारीता कम भएकाले पुन संक्रमण देखिएको विज्ञहरुले बताउँदै आएका छन् ।

हाल वीरमा ५३ जना संक्रमितको उपचार भइरहेको छ । अस्पताल प्रशासनका अनुसार ५ सय बेडसम्म सञ्चालन गर्न सकिने छ । तीन सय जनरल, दुई सय एचडीयू, एक सय आईसीयू सञ्चालन गर्न सकिने डा। बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.