जन सरोकार

अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

कैलाली, भजनी नगरपालिका-९ पहलमान झुलंगे पुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ६० मिलिग्रामसहित दुई जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा घोडाघोडी नगरपालिका-१ सुखड बस्ने २६ वर्षीय प्रसान्त चौधरी र भजनी नगरपलिका-४ बस्ने २७ वर्षीय अभिसेख चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय सूर्यपुर भजनीबाट खटिएको प्रहरीले से।४ प ३४४९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.