जापान

जापानमा कोरोना संक्रमणको एक वर्ष- एकजनाबाट तीन लाखभन्दा बढी

आजकै दिन अर्थात् २०२० जनवरी १५ मा जापानमा कोरोना भाइरसबाट संक्रमित पहिलो व्यक्तिको पुष्टि भएको थियो । राजधानी टोकियोको छिमेकी प्रान्त नजिक कानागावामा ३० देखि ३९ वर्ष उमेरका एक चिनीयाँ नागरिकलाई कोरोना पुष्टि भएको थियो ।

जापानमा आज पहिलो संक्रमितको एक वर्षको अवधिमा तीन लाखभन्दा बढी संक्रमित भएका छन् पनि पछिल्ला केही दिनयता दैनिक ५ हजारभन्दा बढीका दरले संक्रमित थपिएका छन् । यो एक वर्षमा जापानमा कोरोना संक्रमणको गति कहिले सुस्त त कहिले तीब्र हुँदै आएको छ र अहिले राजधानी टोकियो लगायतका क्षेत्रमा संकटकाल नै लगाइएको छ ।

जापानमा हिजो बिबिबार मात्र ६ हजार ६ सयभन्दा बढी संक्रमित थपिएका थिए । हुन त विश्वभर नै अहिले कोरोनाको अर्को लहर सुरु भएको छ । कतिपय युरोपेली मुलुकहरुले पनि लकडाउन गरेका छन् । अघिल्लो वर्षको अप्रिलमा दैनिक ७ सयभन्दा बढी संक्रमित हुन थालेपछि लकडाउन गरिएको जापानमा यसपटकको लकडाउन निकै कडा हुने सरकारले बताएको छ ।

यसका लागि सरकारले विद्यमान कानुनलाई संशोधन गरी संकटकाल (लकडाउन)का नियम पालना नगर्नेलाई जरिवाना गर्ने समेत बताइसकेको छ । जापानमा बेलायतबाट फैलिएको नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमित समेत फेला परेपछि संकटकाल घोषणा गरिएको हो ।

जापानमा बिहिबारसम्म ३ लाख ११ हजार ३ सय ५३ जनामा संक्रमण भएको छ भने ४ हजार ३ सय ५३ जनाको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.