जन सरोकार

इनारभित्र खसेकी महिलाको उद्धार, उपचारका लागि अस्पताल भर्ना

सोमबार विहान ललितपुरको इमाडोलमा इनारमा खसेकी महिलाको साँढे दुईघण्टाको प्रयासपछि उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ ।

समाचार अनुसार दोलखा घर भई इमाडोलको कृष्ण मन्दिर पछाडि डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान लुगा सुकाउन इनारमाथि चढेको बेला स्लाब फुटेर इनारभित्र खसेकी थिइन् ।

नेपाल प्रहरी, विपद व्यवस्थापनको टोली र नेपाली सेनाको टोलीले करिब साढे दुई घण्टा लगाएर उद्धार गरी उपचारका लागि पाटन अस्पताल लगिएको हो ।

ललितपुरको सातदोबाटो प्रहरी कार्यालयका डिएसपी उमेश जोशीले महिलाको उद्धार गरेर उपचारका लागि पाटन अस्पताल लगिएको जानकारी दिंदै उनको अवस्था गम्भीर नरहेको र बोल्न सक्ने अवस्थामा रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.