जन सरोकार

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

देशका विभिन्न स्थानमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ । रूकुम पुर्व, भूमे गाउँपालिका-३ सिमा बस्ने श्यामसर पुनको कच्ची घरमा आइतबार दिउँसो आगलागी हुँदा अन्नपात लत्ताकपडा पूर्णरूपमा जलेर करिब ५ लाख ४२ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्यस्तै धनकुटा, पाख्रीबास नगरपालिका-८ मार्से बस्ने गणेश कटुवालको घर र गोठमा आइतबार राति आगलागी हुँदा करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । यस्तै इलाम, सूर्योदय नगरपालिका-१० याङ आदर्श टोल बस्ने सीताराम भट्टराईको घरमा सोही ठाउँ बस्ने राजन पौडेलले संचालन गरेको किराना पसलमा सोमबार बिहान आगलागी हुँद फर्निचर, लत्ताकपडा, लगायतका सामान जलेर करिब ११ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.