जन सरोकार

बालुवाटार जग्गा प्रकरणका मुख्य कारोबारी ढकालको घरमा बम बिस्फोट

प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रको सरकारी जग्गा जालसाजी गरी विक्री गर्ने मुख्य कारोबारी भनिएका शोभाकान्त ढकालको घरमा बम बिस्फोट भएको छ ।

बम

ललिता निवास बिक्री प्रकरणका नाइकेका रुपमा किटानी गरिएका ढकालको काठमाडौंको सानोभर्‍याङस्थित नर्सरी चोकमा रहेको निवासमा बुधबार राति बम विस्फोट भएको हो ।

विस्फोटपछि पैदल यात्रामा रहेका गोरखाका कुमार भट्टराई सामान्य घाइते भएका छन् भने ढकालको कम्पाउण्डभित्र रहेको बा ५ च ९५५९ नम्बरको निजी कार पनि पूर्णरुपमा क्षति पुगेको छ भने घरको एउटा प्रवेशद्वारको फलामको गेटमा क्षति पुगेको छ । ढकालका छिमेकीका केही घरका सिसा पनि फुटेका छन् ।

प्रत्यक्षदर्शीका अनुसार दुई महिलाले बम राखेर फर्कने क्रममा विस्फोट भएको र उनीहरु पनि चिच्याउँदै भागेको जानकारी दिएका छन् । तर ती महिला को हुन् भन्ने अझै खुल्न सकेको छैन ।

घटनाका बारेमा स्वयम्भू प्रहरी वृत्तका प्रहरी नायव निरीक्षक लालध्वज सुवेदीले घटनाको पुष्टि गर्दै दोषीको खोजी भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.