जापान

आठ बजेपछि बन्द गरिने रेष्टुरेन्ट तथा बारलाई दैनिक पाँच सय ८० डलर सहायता

कोरोना भाइरस संक्रमण बढेपछि जापानको राजधानी टोकियो लगायतका राज्यहरुमा संकटकाल घोषणासंगै सरकारले संकटकाल घोषित क्षेत्रका बार तथा रेष्टुरेन्टहरुलाई दिइने सहायता रकम बढाउने भएको छ ।

सरकारले तोकेको समय अर्थात् साँझ ८ बजे बन्द गर्ने निर्देशनको पालना गर्नेहरुलाई बढीमा दैनिक ५ सय ८० डलर प्रदान गरिने छ । संकटकाल अधिमा सेवा अवधि कटौती गरिएपछि सरकारले सहायता रकम बढाउने निर्णय गरेको हो ।

सहायता कोषका लागि सरकारले १ सय १५ खर्ब येन (लगभग १ सय १० अर्ब डलर) विनियोजन गरिसकेको छ । आपतकालीन राहत कोष संसदको स्वीकृतिबिना नै सरकारले चालू आर्थिक वर्षमा खर्च गर्न सक्नेछ । सरकारले विनियोजन गरेकोमध्ये आधा रकम (६१ अब ७० करोड डलर) अझै खर्च हुन बाँकी छ ।

सरकारले घोषणा गरेको सहायता राशी वृद्धि रकममध्ये ७ अर्ब १ सय करोड डलरको उपयोग राजधानी टोकियो र अन्य १० राज्यहरुमा रहेका रेष्टुरेन्ट तथा बारहरुलाई बढाइएको सहायता राशिमा उपयोग गरिनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.