राजनीति

कम्युनिष्टबाट जनताको विश्वासमाथि घात गर्ने काम भयो

वरिष्ठ नेता रामचन्द्र पौडेल

वरिष्ठ नेता रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले कम्युनिष्टलाई विश्वास गरेर बहुमत दिए पनि जनताको विश्वासमा घात गर्ने काम भएको बताउनुभएको छ । प्रजातन्त्र सेनानी तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का स्व एकनारायण खनालको नवौँ पुण्यतिथिमा शनिबार आयोजित शोकसभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

त्यस क्रममा नेताा पाडेलले देशलाई अस्थिरताको भुमरीबाट बचाउन संसद् पुनःस्थापन हुनुपर्ने माग गर्दै संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको हितमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले संविधानबमोजिम नै अदालतमा विचाराधीन मुद्दामा फैसला हुनेमा सबै लोकतन्त्रवादी विश्वस्त रहेको बताउँदै मुलुकमा अस्थिरता कायम गरेर विकास रोक्ने षड्यन्त्र भएको हुँदा त्यसलाई चिर्न आवश्यक रहेकोमा जोड दिनुभयो । “चुनावमा जान काँग्रेसलाई कुनै हतार भएको छैन” उहाँले भन्नुभयो, “अब चुनाव आयो, काँग्रेस ठूलो पार्टी बन्छ भनेर चुनावमा जान हतार गर्नु हुँदैन । काँग्रेस स्वार्थका लागि लड्ने पार्टी होइन ।”

वरिष्ठ नेता पौडेलले संविधान बचाएर त्यही संविधानबमोजिम चुनावमा जान काँग्रेस तयार रहेको बताउँदै चुनाव त पञ्चायतकालमा पनि हुन्थ्यो, त्यस्तो चुनाव बहिष्कार गर्दै आएका हौँ भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.