राजनीति

प्रचण्ड-नेपाल समूहको नेकपाले माघ ९ गते जनप्रदर्शन गर्ने

नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले यही माघ ९ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको केन्द्रीय सङ्घर्ष समितिको बैठकले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा जुलुुसहित प्रदर्शन गर्ने निर्णय गरेको हो ।

जनप्रदर्शन अपराह्न १२ बजे रत्नपार्कमा एकीकृत रुपमा गर्ने निर्णय गरेको समितिका सहसंयोजक योगेशकुमार भट्टराईले जानकारी दिनुभयो । जनअधिकारको रक्षाका लागि प्रदर्शन गर्न लागिएको जानकारी दिँदै उहाँले प्रतिनिधिसभाको विघटनविरुद्ध परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई पुनः आग्रह गर्नुभयो ।

सहसंयोजक भट्टराईका अनुसार जनअधिकराको रक्षाका लागि ऐक्यबद्धता जाहेर गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विभिन्न सङ्घसंस्था तथा नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई आग्रह गरिएको छ ।

जनप्रदर्शनलाई ध्यानमा राखेर यही माघ ७ गते अपराह्न काठमाडौँको भृकुटीमण्डपमा जम्मा भएर उपत्यकाव्यापी मोटरसाइकल ¥याली आयोजना गर्ने कार्यक्रम तय गरिएको छ ।

बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनालले जारी आन्दोलन लोकतन्त्र, जनअधिकार र संविधानको रक्षाका लागि भएकाले कुनै राजनीतिक दलको मात्र नभएर सिङ्गो मुलुकको लोकतन्त्रवादी शक्तिको संयुक्त जनआन्दोलन भएकाले अत्यन्तै उत्साह र सशक्त ढङ्गले तयारीमा जुट्न पार्टी पङ्क्तिलाई निर्देशन दिनुभएको नेता भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.