अर्थकर्पोरेट/पर्यटन

आज नेपाल सत्कार दिवस मनाइदै

होटल सङ्घ नेपाल (हान)ले आज माघ २ गते आफ्नो स्थापनाका अवसर पारेर काठमाडौँमा नेपाल सत्कार दिवस मनाउने भएको छ ।

सङ्घले एक विज्ञप्ति जारी गर्दै सङ्घ स्थापनाका दिवसका अवसरमा पहिलो पटक सत्कार दिवस मनाउन लागेको र सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

दिवसका अवसरमा होटल क्षेत्रको वर्तमान स्थिति, विकासका सम्भावनाहरुका साथै चुनौतीबारे प्रस्तुति रहने सङ्घको भनाइ छ ।

अन्ठाउन्न वर्षअघि माघ २ गते स्थापना भएको सङ्घले दिवसका अवसरमा ‘नेपाल इयरबुक २०२४’ र ‘ई–लर्निङ’ प्लेटफर्ममार्फत दक्ष कामदार उत्पादनसम्बन्धी अनलाइन प्रशिक्षण पनि सार्वजनिक गर्ने जनाएको छ ।

दिवसका अवसरमा सातै प्रदेशका मौलिक रैथाने खाना तथा पेय पदार्थबाट करिब ३ सय देशभरका होटल व्यवसायीलगायत स्वदेशी तथा विदेशी पाहुनालाई सत्कार गरिने सङ्घको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.