कर्पोरेट/पर्यटन

नेवानिका दुई जहाज विग्रिए, उडान प्रभावित

नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानमा रहेका चारमध्ये दुई जहाज विग्रिएका छन् । निगमाको एउटा वाइड बडी र एटा न्यारो बडी जहाज ग्राउण्डेड भएका हुन् ।

निगमको दर्ता नम्बर (एन–एएलजेड ए३३) सिरिजको वाइडबडी जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएपछि उडान रोक्नु परेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।

सोमबार राति दोहा उड्नुपर्ने यो जहाजको उडान रोकिएको छ । दोहा उडानमा काठमाडौंबाट उड्ने तयारीमा रहेका २ सय ७६ यात्रुलाई राति होटेलमा राख्नुपरेको थियो । उनीहरूलाई मंगलबार उडाउने तयारी रहेको छ ।

पौडेलका अनसार रोकिएका यात्रुलाई मंगलबार साँझ ७ः ४५ बजेको उडानबाट दोहा लैजाने गरी तयारी भैरहेको छ । ‘जहाजहरू ग्राउन्डेड हुँदा उडानहरू डिले हुने भए पनि सकेसम्म पूर्वनिर्धारित उडान रद्द नगर्ने गरी योजना बनाएको उहाँले बताउनुभयो ।

निगमको एउटा न्यारोबडी जहाज मर्मतका लागि इजरायल पठाइएको छ । एक महिनाभन्दा लामो समय नेपालमै ग्राउन्डेड भएको यो जहाज बेलैमा मर्मतको व्यवस्था मिलाउन नसक्दा निगमको एकैसाथ अन्तर्राष्ट्रिय उडानमा दुई जहाज कमी हुन पुगेको हो ।

प्रवक्ता पौडेलका अनुसार रातिबाट ग्राउन्डेड भएको जहाजको मर्मतको काम जारी छ । यसलाई सामेबार रातिसम्म उडानयोग्य बनाउने प्रयास भैरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.