राजनीति

८ सय ८५ जना विशेष महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको फाइल निर्वाचन आयोगमा

विशेष महाधिवेशनबाट आफूलाई नेपाली कांग्रेसको आधिकारिक सभापति भएको दावीसहित गगन थापाले निर्वाचन आयोगमा अद्यावधिकका लागि निवेदन दिएको भोलिपल्ट शेरबहादुर देउवा पक्ष पनि आयोग पुगेको छ ।

शुक्रबार देउवा सभापति रहनुभएको कांग्रेसका कार्यवाहक सभापति पुर्ण बहादुर खडकाले ८ सय ८५ जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन मागका लागि गरेको हस्ताक्षर फिर्ता लिएको फाइल बुझाउनुभएको छ ।

कार्यवाहक सभापति खड्काले १४ औं महाधिवेशनमा निर्वाचित केन्द्रीय कार्यसमिति नै कांग्रेसको आधिकारिक भएको जिकिर गर्दै विशेष महाधिवेशन अल्पमतमा रहेको दावीसहित कार्यवहाक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीलाई बुझाउनुभख्एको छ ।

विशेष महाधिवेशनबाट कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएका गगन कुमार थापा,उपसभापति विश्वप्रकाश शर्मा,महामन्त्रीद्वय गुरूराज घिमिरे र प्रदिप पौडेल समुहले हिजो माघ १ गते आफ्नो समुहलाई आधिकारिक कांग्रेसको माग गर्दै निवेदन दर्ता गराउनुभएको थियो ।

त्यस क्रममा खड्काले आयोगका पदाधिकारीसामु गगन थापा नेतृत्वको नेपाली कांग्रेस निर्वाचन आयोग पुग्नुलाई लोकतन्त्रमाथिको षडयन्त्रको संकेतका रूपमा अर्थ्याउनुभएको छ ।

त्यस क्रममा खड्काले भन्नुभयो, :नेपालको संविधानमाथि, नेपालको लोकतन्त्रमाथि, नेपालको हामीले गरेको परिवर्तनमाथि जुनखालको गम्भीर षडयन्त्रका संकेतहरू देखिन थालेका छन् । त्यही षडयन्त्रको ठूलो संकेतको रूपमा निर्वाचन आयोगमा आएर केही व्यक्तिहरूले हामी कांग्रेसको दाबा गर्न आयौं भनेर सञ्चार माध्यमबाट जानकारी पायौं ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.