ओलीलाई पार्टीले प्रधानमन्त्री बनाएकाले पार्टीको निर्देशन नमान्दा कारबाही गरिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले दया गरेर नभै नेपाली जनताले निर्वाचनमा जिताएर प्रधानमन्त्री बनाएको दावीसहित जनताको काम गदौ पार्टीको निर्देशन मान्न नसकिने बताइरहँदा नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीलाई जनताले नभई पार्टीले प्रधानमन्त्री बनाएको बताउनुभएको छ ।
आइतबार काठमाडौंमा राष्ट्रिय युवा संघको बैठकमा प्रचण्डले पार्टीले प्रधानमन्त्री बनाएको हुनाले पार्टी निर्णय नमानेपछि प्रधानमन्त्रीबाट फिर्ता र अनुशासनको कारवाही पार्टीले गर्नसक्ने बताउनुभयो ।
उहाँले ओलीप्रति लक्षित गर्दै ओलीलाई जनताले प्रधानमन्त्री बनाएको होइन । त्यसो हुँदो हो त हाम्रो २ सय ७५ जना नै प्रधानमन्त्री हुन्थे । एउटै मात्रै प्रधानमन्त्री हुन्थ्यो त ? सबै निर्वाचित सांसद हुन् । सबै प्रधानमन्त्री हुँदैन । तपाईंलाई पार्टीले प्रधानमन्त्री बनायो, चाहेपछि झिकिदियो ।
यस्तै ओलीले प्रतिक्रियावादीसँग साँठगाठ गर्ने र जनताको उपलब्धिमाथि प्रहार गरेको आरोप लगाउनुभएका प्रचण्डले आफूहरु ओलीको बाटोलाई घृणा गर्छौं भन्दै त्यो बाटो पतन र जनताप्रति घातको बाटो भएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्