जन सरोकार

मृत अवस्थामा पाँच जना फेला

मृत अवस्थामा विभिन्न स्थानबाट पाँच फेला परेका छन् । भक्तपुर, चाँगुनारायण नगरपालिका-१ गाँखुस्थित सडकमा अन्दाजी ५० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै धनुषा, जनकपुर उपमहानगरपलिका-७ तपसी चोकस्थित क्याफे एण्ड रेष्टुरेन्टको बार्दलीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस्तै उदयपुर, कटारी नगरपालिका-३ स्थित फोहोर फाल्ने डम्पिङ साईडमा अन्दाजी ९ महिना पुगि जन्मिएको जस्तो देखिने पुरुष जातको नवजात शिशुको शव बुधबार फेला परेको छ ।

यता काठमाडौं महानगरपालिका-१५ अन्नपूर्ण चोकस्थित नेपाल सौर्य उत्पादक संघ महाराजगंजको निर्माणाधीन भवनमा ज्यामी काम गर्ने धादिङ थाक्रे गाउँपालिका-१ घर भएका २८ वर्षीय सानुमान तामाङ सुत्ने कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-८ ओम चोक सैलुङगेश्वरी गेष्ट हाउस नजिक बागमती खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.