जन सरोकार

बसले सफारीलाई ठक्कर दिँदा एक जनाको मृत्यु

मोरङ, पथरी शनिश्चरे नगरपालिका-१ मगर गुम्बास्थित सडकमा को,१ ख ७८३५ नम्बरको बसले प्रदेश न।१-०१-००२ ह ११४८ नम्बरको सिटी सफारीलाई बुधबार दिउँसो ठक्कर दिँदा भएको दुर्घटनामा सफारीमा सवार तेह्रथुम घर भई शनिश्चरे नगरपालिका-२ राधा गुरूङको घरमा पाउना आएकी ८० वर्षीया हस्तमाया गुरूङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको छ । सिटि सफारी र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.