जन सरोकार

काठमाडौँ महानगर प्रहरी प्रमुख राजु पाण्डेद्वारा राजीनामा

काठमाडौँ महागनरपालिकाका प्रहरी प्रमुख, महानगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डेले पदबाट राजीनामा दिनुभएको छ ।

पाण्डेले शुक्रबार पत्रकार सम्मेलन गरेर माघ ४ गतेदेखि लागू हुनेगरी राजीनामा दिएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा महानगर प्रहरी प्रमुख पाण्डेले आफ्नो साढे तीनवर्षे कार्यअवधिमा महानगरमा सहरी सुशासन कायम गर्न तथा अतिक्रमिक जग्गा सरकारको स्वामित्वमा लिन महत्त्वपूर्ण उपलब्धि प्राप्त गरेको दाबी गर्नुभयो ।

उहाँले काठमाडौँका सडकपेटी तथा अतिक्रमित सयौँ बिघा जग्गा सरकारको नाममा ल्याइएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.