सस्तोमा बहुमूल्य सामान उपलब्ध गराउने भन्दै ठगी गर्नेहरु पक्राउ
सामाजिक सञ्जालमा कम्प्युटर, मोबाईल, घडी, ल्यापटप, क्यामेरा जस्ता विद्युतीइ सामानहरु बजार मूल्य भन्दा सस्तोमा उपलब्ध गराउने बहानामा ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पर्सा पकाहामैनापुर गाउँपालिका ४ ठेगाना भएका २८ वर्षीय अजय भन्ने प्रमोद साह तेली र पर्सा बहादुरमाई नगरपालिका ८ घर भई काठमाडौं गौशाला बस्ने ३९ वर्षीय मेवालाल साह तेली रहेका छन् ।
सामाजिक सञ्जालमा विभिन्न कम्प्युटर, मोबाईल, घडी, ल्यापटप, क्यामेरा जस्ता सामानहरु बजार मूल्यभन्दा सस्तोमा डेलिभरी गराउने भनि विज्ञापन राखी विभिन्न व्यक्तिहरुलाई लोभलालचमा पारी रकम जम्मा गर्न लगाई रकम पाए पश्चात सम्पर्क विहिन भई सामान समेत डेलिभरी नगरी ठगी गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्