जन सरोकार

नेपाली सेनाद्वारा लेबनानमा पोखरी र सार्वजनिक उद्यान निर्माण

संयुक्त राष्ट्रसङ्घको आह्वानमा लेबनानमा शान्ति स्थापनाका लागि तैनाथ बर्दबहादुर गणले नेपाली सेनाको हालसम्मकै सबैभन्दा ठूलो लगानीमा कृषि पोखरी र सार्वजनिक उद्यान निर्माण गरी स्थानीय नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

त्यहाँ तैनाथ मिसन प्रमुख र फोर्स कमान्डरको प्रतिनिधित्व गर्दै पूर्वी क्षेत्र इलाका कमाण्डर सहायक रथी रमोन अरमाडा भेजक्वोज, महासेनानी कमल बाँनिया र स्थानीय नगरपालिका प्रमुख हसन हिजाजीले परियोजनाको संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो ।

शान्ति मिसनको सबैभन्दा संवेदनशील नगरपालिकाका रूपमा रहेको स्थानीय तह र नागरिक समुदायसँग सम्बन्ध विस्तार गर्ने हेतुले परम्परागत कृषि पेसालाई टेवा पु¥याउन आर्थिक वर्ष २०७५÷७६ का लागि उक्त परियोजना छनोट भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।कोभिड–१९ महामारीका कारण कार्यप्रारम्भ गर्न केही ढिलाइ भए पनि पूर्वविनियोजित बजेट ३१ हजार २०० अमेरिकी डलरकै लागतमा उक्त परियोजना पूरा गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा विभिन्न तहका जनप्रतिनिधि, युनिफिल मुख्यालयका स्टाफ, लेबनान सैनिक प्रतिनिधि र स्थानीय नगरवासीको सहभागिता रहेको सेनाले जानकारी दिएको छ ।नेपाली शान्ति सैनिकले द्वन्द्वग्रस्त मुलुकहरुको अति संवेदनशील इलाकामा तैनाथ रही आफ्नो अपरेसनल जिम्मेवारीका अतिरिक्त जनहित र सामुदायिक कार्य गर्दै आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.