जन सरोकार

सर्वोच्चका न्यायाधीशसहित ३५ जना कर्मचारीमा कोराना संक्रमण

कोरोनाको सङ्क्रमण देशव्यापी रूपमा बढ्दै जाँदा राज्यका महत्वपूर्ण निकायमा ठूलो संख्यामा कर्मचारीहरु संक्रमित हुन थालेका छन् । यस क्रममा सर्वोच्च अदालतका न्यायाधीश र कर्मचारीमा सङ्क्रमण देखिएपछि आवश्यक निर्णय लिन पूर्ण बैठक बस्न लागेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पूर्ण बैठक बोलाउनुभएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो । बैठक मंगलबार दिउँसो १ बजे सर्वोच्चमा बस्ने उहाँले बताउनुभयो ।

बैठकमा न्यायाधीश र कर्मचारी सङ्क्रमित हुँदा सर्वोच्चको सेवा प्रभावित हुन थालेपछि आवश्यक निर्णय लिन बैठक बस्न लागेको हो । उहाँका अनुसार सर्वोच्चका ३५ जान कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ । अरु ३०–३५ जना कर्मचारी बिरामी भएर उपचारको गर्दै हुनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.