जन सरोकार

३६ बुँदे आदेश आजबाट लागू (के के गर्न पाइन्छ?)

सरकारले कोभिड १९ संक्रमण रोकथाम गर्न केही दिनअघि जारी गरेको ३६ बुँदे आदेश आज (मंगलबार राति)देखि कार्यान्वयनमा आउने भएको छ ।

मंगलबार बसेको काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले ती आदेशलाई आज मध्यरातदेखि लागू हुने गरि अर्को सूचना जारी नभएसम्म कार्यान्वयन गर्ने निर्णय गर्दै सर्वसाधारणमा सूचना जारी गरिएको हो ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिँदै माघ मसान्तसम्म आमसभा, जुलुस, भेला संचालन नगर्ने, माघ १५ गतेसम्म विद्यालय, फिल्महलसहितका मनोरञ्जन क्षेत्र बन्द गर्ने, माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा खोप कार्डलाई अनिवार्य गर्ने निर्णय गरेको थियो ।

केही दिनयता काठमाडौं कोरोनाको हटस्पट नै बनेको छ । देशभर थपिएका नयाँ संक्रमितको आधाभन्दा बढी संक्रमित काठमाडौं उपत्यकाका मात्रै छन् । आज थपिएको १० हजार २ सय ५८ जनामा काठमाडौं उपत्यकामा ५ हजार ५४९ जना

जसमध्ये काठमाडौंमा ४००४, भक्तपुरमा ५७० र ललितपुरमा ९७५ संक्रमित छन् । माघ महिना लागेसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमण निरन्तर उकालो लागेको छ । उपत्यकामा माघ १ गते २२२०, माघ २ गते ३३४७, माघ ३ गते ३०३० जना संक्रमित भएका थिए भने आज ५ हजार ५ सय ४९ जना छन् ।

हेर्नुहोस् ३६ बुँदे आदेश

२०७८ माघ ४ गते जारी आदेश

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.