जन सरोकार
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
दाङ, तुलसीपुर उपमहानगरपालिका-१७ मानपुरस्थित सडकमा रा.५ प ९७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २६ वर्षीय सविन चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्