राजनीति

देउवा समूह निर्वाचन तालिका रोक्न माग गर्दै आयोग जाने

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट चयन भएको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा रिट दर्ता गराएलगत्तै निर्वाचनका तालिका रोक्ने माग लिएर आयोग जाने भएको छ ।

आइतबार कांग्रेस नेताद्वय देउवा र पूर्णबहादुर खड्काका वारेस श्रवणकुमार श्रेष्ठले दायर गर्नुभएको रिटको प्रारम्भिक सुनुवाइ आगामी मङ्गलबार हुनेछ ।

रिटमा गगन–विश्व समूहलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय बदर गरिनुका साथै ४ आगामी मंगलबारलाई तोकिएको प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मनोनयन स्थगित हुनुपर्ने माग गरिएको छ ।

सोही रिटको प्रति लिएर देउवा समूह निर्वाचन तालिका स्थगन गर्न माग गर्दै आयोग जानेछ । देउवा समूहका नेता मीनबहादुर विश्वकर्माका अनुसार पार्टी मुख्यसचिव र पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती निर्वाचन आयोग जानुहुनेछ ।

विश्वकर्माका अनुसार सर्वोच्चमा दायर गरेको रिटको प्रमाणित पत्र लिएर निर्वाचन आयोग जानुहुन्छ । स्मरणीय छ, फागुन २१ गते हुने निर्वाचनका लागि माघ ६ गते मनोनयनको तालिका छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.