जन सरोकार

कलंकीबाट पक्राउ परे नक्कली नोटसहित दुई जना

नक्कली नोटको कारोबार गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कलंकीबाट एक हजार दरका ३१ थान नक्कली नोटसहित बारा निजगढका जनालाई पक्राउ परेका हुन् ।
समाचार अनुसार पक्राउ पर्नेमा बारा निजगढ घर भएका २७ वर्षीय अनुस थापा मगर र सोही ठाउँ बस्ने २२ वर्षीय रवि आले मगर रहेका छन् । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका १४ कलंकी चोकबाट आइतबार बिहान पक्राउ गरेको हो ।

यसै गरी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ रम्दैया बस्ने ४२ वर्षीय जितेन्द्र कुमार यादव र सोही ठाउँ बस्ने ३० वर्षीय कुमोद नारायण झालाई पेस्तोल १ थान, त्यसको गोली ७ राउण्ड र म्याग्जिन १ थान सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जनकपुर उपमहानगरपालिका १ भानुचोकमा बा १४ च ७४५९ नम्बरको कारले ज ९ प ४८०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना भए पश्चात् कारलाई जाँच गर्ने क्रममा सिट मुनी लुकाई छिपाई राखिएको उक्त हतियार फेला पारी कार चालक जितेन्द्र र कारमा सवार कुमोदलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.