प्रबास

पूर्व युवराज्ञी हिमानीलाई अमेरिकामा भव्य स्वागत

विजय थापा । पूर्व युवराज्ञी हिमानी शाहलाई अमेरिकामा भव्य स्वागत गरिएको छ । मंगलबार अमेरिकाको डिसी महानगर क्षेत्रमा रहेको डलस अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्दा उहाँलाई नेपालीहरुले भव्य स्वागत गरेका हुन् ।

विमानस्थलमा उहाँलाई हिमानी ट्रष्ट युएसएका पदाधिकारीहरुका साथै समाजिक क्षेत्रमा स्थापित सामाजिक अभियन्ताहरुले पुष्प गुच्छा तथा खादाद्वारा सम्मानपूर्वक स्वागत गरेका थिए ।

विमानस्थलमा उहाँलाई हिमानी ट्रष्ट युएसएका भर्जिनिया निवासी अध्यक्ष हरि शर्मा, महासचिव आनन्दु लामा, क्यालिफोर्नियाबाट आउनु भएका सामाजिक अभियन्ता अनिल पाण्डे, भर्जिनियाका अरुण रुपाखेती, हिमानी ट्रष्ट युएसएका केन्द्रीय सदस्य मोहन निरौला, चर्चित समाचार वाचिका रमा सिंह, सामाजिक महिला कार्यकर्ता प्रभा भट्टराई देउजा लगायत स्वागत गर्नुभएको थियो ।

गत जनवरी १७ सोमबारका दिन भर्जिनियामा आयोजित हिमानी ट्रष्ट युएसएको बृहत उद्घाटन कार्यक्रमबारे पत्रकार सम्मेलनमा हिमानी शाहको अमेरिका अधिकारिक बसाई करिव २ हप्ता हुने जानकारी दिइएको थियो ।

यस पटक उहा डिसी महानगर क्षेत्र तथा न्यूयोर्कमा हुने कार्यक्रममा सहभागी हुनु हुनेछ भने भर्जिनियामा जनवरी १८ (स्थानीय समय) बुधबार बिहान हिमानी ट्रस्ट युएसएको उदघाटन कार्यकम राखिएको छ ।

बुधबार नै साँझ मेरिल्याण्ड राज्यमा उहाँ एक कार्यक्रममा सरिक हुनुहुनेछ । आयोजकहरुले दिएको जानकारी अनुसार उहाँले अमेरिकामा ज्ञान, शिक्षा र शीप हासिल गरेका र देशको लागि सेवा गर्न इच्छुक विभिन्न समूहसंग भेटघाट गर्नु हुनेछ ।

यस पटक वाशिंगटन डिसी क्षेत्र र न्यूयोर्क राज्य बाहेक अन्य क्षेत्रमा उहाँको कार्यक्रम नरहेको र कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै सम्भव भएसम्म नेपाली समुदायसंग उहाले भेट्ने इच्छा गर्नु भएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

स्मरण रहोस हिमानी ट्रष्ट युएसएका विभिन्न शाखाहरु खोलिएका छन् भने खोल्ने क्रम जारी रहेको छ । हिमानी ट्रष्ट युएसए अमेरिकी सरकारमा आधिकारिक रुपमा दर्ता भएको गैर मुनाफा सामाजिक संस्था हो ।

हिमानी ट्रष्ट “धर्म, वर्ग, जाती, दल र सम्प्रदाय” भन्दा धेरै माथि उठेर नेपाल र नेपालका महिला,अशक्त, वृद्ध, विधवा तथा बालिकाका साथै शिक्षा, स्वास्थको विकासमा महत्वपूर्ण सहयोग गर्ने विशुद्ध समाजिक संस्था हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.