क्रिकेटखेल

आशुतोषको शतकसंगै बागमतीले कोशीलाई हरायो

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा बागमती प्रदेशले कोशी प्रदेशलाई ६४ रनले पराजित गरेको छ ।

जीतका लागि दुई सय ७४ रनको बलियो लक्ष्य पच्छाएको कोशी प्रदेशले ४७ दशमलव एक ओभरमा सबै विकेट गुमाउदै दुई सय नौ रनमा समेटियो ।

कोशी प्रदेशका लागि सुजन थपलियाले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ७६ बल खेल्दै चार चौका र तीन छक्का प्रहार गरे । साथै कप्तान अङ्कित सुवेदीले ५३ रन बनाए । उनले ६५ बलमा चार चौका र दुई छक्का प्रहार गरे । अशीष भट्टराईले ३२, सोनु अनसरीले २१ तथा हेमन्त राईले १० रन बनाए ।

बलिङतर्फ बागमतीका इशान पाण्डे पाँच विकेट लिए भने सूर्य तामाङले दुई विकेट लिए । त्यस्तै प्रतीक श्रेष्ठ र रिजन ढकालले समान एक/एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले ४८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ७३ रनको योगफल बनाएको थियो । बागमतीका लागि आशुतोष घिरैयाले एक सय ११ बलमा एक सय १८ रन जोडे । उनले कुल १६ चौका र २ छक्का प्रहार गरे ।

त्यसै गरी कप्तान रित गौतमले ४९, रविन जोशीले ४३ र प्रतिक श्रेष्ठले १९ रन बनाए । दोस्रो विकेटका लागि आँशुतोष र रितले १ सय ३१ रनको साझेदारी गरेका थिए ।

कोशी प्रदेशका अभ्यास तिमिल्सिनाले तीन विकेट लिए भने हेमन्त राई र कमल खत्रीले समान दुई दुई विकेट झारे । त्यस्तै फ्रिर्दोश अन्सारीले एक विकेट लिएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.