जन सरोकार

रवीबिरुद्धको मुद्दामा अदालतको सफाई- उत्पन्न नयाँ बहस

न्यूज २४ टेलिभिजनको बहुचर्चित कार्यक्रम सिधा कुरा जनतासंगका प्रस्तोता रवी लामिछानेमाथि सोही कार्यक्रमका पूर्व सदस्य पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएपछि सिंगो देश आन्दोलित भयो रवीलाई फसाउन खोजियो भनेर ।

अन्ततः यो प्रकरणमा जिल्ला अदालत चितवनले आरोपी तीनै जनालाई सफाइ दिएपछि । मुद्दाको प्रकृति, प्रवृत्ति र नियतमाथि शंका उत्पन्न भएको छ । अदालतले आत्महत्या दुरुत्साहन मुद्दाका आरोपी रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई सफाइ दिएपछि यो मुद्दा कतै कसैको उक्साहटमा त थिएन भन्ने प्रश्न उठेको छ ।

न्यायाधीश हेमन्त रावलको इजलासले आइतबार मागदावी नपुगेकाले तीनै जनालाई सफाइ दिएको हो । फैसलामा भनिएको छ, “उल्लेखित अवस्थाका आधार प्रमाण र सन्दर्भका तथ्ययुक्त वस्तुस्थितिबाट मृतक पुडासैनीले आफू मर्नुभन्दा पहिले व्यक्त गरेको भनाइलाई प्रतिवादीको कार्य व्यवहार आचरण अभिव्यक्तिले सन्निकट सम्बन्ध जनाउने प्रमाण भेटिएन ।”

“घटनास्थल, प्रतिवादीको कार्यका बीच अन्तरसम्बन्ध स्थापित गर्ने प्रमाण कागजहरु संलग्न रहेको पाइएन, भिडियो कथनलाई मात्रै अन्तिम सत्य र अकाट्य प्रमाणको रूपमा ग्रहण गर्न मिलेन”, फैसलामा भनिएको छ । लामिछाने र कँडेलले यसअघि बुझाएको धरौटी रकम पुनरावेदनको म्याद नाघेपछि नियमअनुसार फिर्ता गर्न अदालतको आदेशमा उल्लेख गरिएको छ ।

फैसलाअघि पक्ष र विपक्षका तर्फबाट बहस भएको थियो । आरोपी तीनै जना अदालतमा उपस्थित भएका थिए । गत साउन २२ गते नारायणगढ बसपार्कमा रहेको कङ्गारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गराएको भिडियोमा रवि लामिछानेले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका थिए ।

पुडासैनीको सोही भिडियो बयानका आधारमा प्रहरीले न्यूज २४ टेलिभिजनमा ‘सीधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालक रवि लामिछाने र सोही कार्यक्रममा कार्यरत युवराज कँडेललाई साउन ३० गते काठमाडौँबाट पक्राउ गरी चितवन ल्याएर मुद्दा दायर गरेको थियो । सोही क्रममा कार्कीलाई पनि पक्राउ गरिएको थियो ।

भदौ ९ गते न्यायाधीश रावल कै इजलासले लामिछाने र कँडेललाई धरौटीमा र कार्कीलाई सादा तारेखमा रिहा गरेको थियो । लामिछानेलाई रु पाँच लाख र कँडेललाई रु तीन लाख धरौटीमा रिहा गरिएको थियो । जिल्लाको आदेशपछि लामिछाने उच्च अदालत पुग्नुभएको थियो । उच्चले पनि पुडासैनीको आत्महत्या बारेमा जिल्लाकै आदेश सदर गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.